काँग्रेस सांसद् शर्माले भने– केपी ओलीकाे खुट्टा छुन्छु, 'सलुट' गर्छु उहाँलाई

नेपाली काँग्रेसका सांसद सुनिल शर्माले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको खुट्टा ढोग्ने बताएका छन्। ‘नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण’मा पक्राउ परेर रिहा भएलगत्तै शर्माले एक भिडियो अन्तर्वार्तामार्फत् यस्तो वाचा गरेका हुन्।

‘म मदन भण्डारीलाई जस्तै केपी ओलीलाई पनि रेस्पेक्ट गर्छु’, शर्माले भिडियो अन्तर्वार्तामा भनेको छन्, ‘म उहाँलाई भोलि बिहान भेट्न जाँदैछु, जानुहुन्छ ? आउनुहोस् सँगै जाऊँ। म भोलि बिहान उहाँलाई भेट्न जाँदैछु। टाइम मागेको छु, म उहाँको खुट्टा छुन्छु।’

सांसद शर्माले यो देशमा ओलीजस्ता मान्छे नहुने हो भने आफूहरूलाई राज्यले मार्ने उल्लेख गरे।

उनले विपि कोइरालालाई मदन भण्डारीले प्रशंसा गरेको प्रसंग निकाल्दै प्रश्न गरे, ‘अनि हामीले उहाँ (ओली)को प्रसंशा गर्न नहुने ? सलुट गर्छु केपी ओलीलाई।’

सांसद शर्मालाई आइएससीको सर्टिफिकेट किर्ते गरेको आरोपमा बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको थियो।

तर, त्यसको भोलिपल्ट म्याद थपको लागि अदालत लगिएका उनलाई अदालतले थुनामा राख्नुपर्ने भन्दै रिहा गर्न आदेश दिएको थियो।

शर्मा थुनामुक्त भएलगत्तै मिडियाकर्मीमार्फत् ओलीलाई आफ्नो पक्षमा बोलेको धन्यवाद दिँदै आफ्नो बुवासरह भएको भन्दै प्रसंशा गरेका थिए।

प्रकाशित मिति: : 2023-08-12 21:34:00

प्रतिकृया दिनुहोस्