सुनिल शर्मा पक्राउबारे सीआईबीले गरायाे संसद सचिवालयलाई जानकारी

File Photo
File Photo

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सांसद सुनिल शर्मालाई पक्राउ गरिएकोबारे संघीय संसद सचिवालयलाई औपचारिक जानकारी गराएको छ।

सीआईबीले संसद सचिवालयलाई पत्र लेख्दै सांसद शर्माले नक्कली शैक्षिक प्रमाणपत्र लिएकाे पाइएकाेले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएकाे छ।

‘नेपालको संविधान (२०७२) को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाका सदस्य सुनिलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुख समक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ’, सिआइबीको पत्रमा उल्लेख छ।

उक्त पत्रमा शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको कसूरमा प्रचलित कानून बमोजिम अनुसन्धान गर्नुपर्ने भएकाले उक्त कसूरमा संलग्न जिल्ला मोरङ, क्षेत्र नं ३ का नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फको निर्वाचित सांसद सुनिलकुमार शर्मा पक्राउ परेका उल्लेख छ। 

प्रकाशित मिति: : 2023-08-10 18:31:00

प्रतिकृया दिनुहोस्