नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।
सांसद शर्मालाई बिहीबार दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले काठमडौँको गोल्फुटारबाट पक्राउ गरेको हो।
उनलाई नक्कली प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
सांसद शर्माले गत साउन ३ गते त्रिभुवन विमानस्थलबाहिरबाट बरामद भएको १०० केजी सुन प्रकरणमा अर्थमन्त्री डा.प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को आलोचना गर्दै आएका थिए।
उनले सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेकाले उनीहरुले राजीनामा दिनुपर्ने अभिव्यक्ति सार्वजनिक रुपमै दिने गरेका थिए।
मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए।