न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
मदन नेपाली
जन्मपछि मरण निश्चित छ। यी दुई कुराकाे बिचमा हुन्छ जीवन। त्यही जीवनमा घट्छन अनेकाैँ घटना। र, तिनै घटनाले कुनै क्षण देह त्याग गर्न बाध्य बनाउँछन्। समाजमा हुने विविध निराशा र कुकृतिले मानिसलाई कसरी मृत्युकाे मुखमा पुर्याउँछ ? टेकुस्थित काैशी थिएटरमा यही कुरा जवाफ दिइरहेकाे छ, साथी साथी आइदेऊ न !
कक्षा १२ काे परीक्षा दिएर नजिताकाे प्रतिक्षामा रहेकी किशाेरीकाे कथा बनेकाे याे नाटक १५ दिनदेखि चलिरहेकाे छ।
नाटकमा साथी–भाइ, पार्टी/क्लबकाे विलासीता र किशाेरावस्थाकाे प्रेम कथालाई देखाउन खाेजिएकाे छ। लेखक आशान्त शर्माले कथाकी पात्र अस्मिताका आमा बुबाको छुच्चो व्यवहार र साथी भाइको आरिसकाे कथालाई दम्दार तरिकाले प्रस्तुत गरेकी छन्, जुन कथाले असल साथी बनाउने कुरालाई प्रेरित गरेकाे छ।
नाटकमा शर्मासहित प्रभाकार न्यौपाने, दिव्या मगर, सरला पराजुली, गोपिनी सेँढाइ, छिरिङ शेर्पा, प्रनिश मगरलगायत कलाकारहरुले जीवन्त अभिनय गरेका छन्।
गत पुस २८ देखि मञ्चन भइरहेकाे याे नाटक मंगलबारबाहेक हरेक दिन बेलुका ५ बजेबाट सुरु हुने गर्छ। याे प्रक्रिया माघ १५ गतेसम्म चलिरहने छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया