महिनावारी भएर ‘छाउगोठ’मा सुतेकी एक किशोरीलाई सर्पले डस्दा उनको मृत्यु भएको छ।
बैतडी पञ्चेश्वर- ४ की अनिता चन्दको गोठमै सुतेकका बेला सर्पले डस्दा मृत्यु भएको हो। उनी १६ वर्षकी थिइन्।
मंगलबार राति सर्पले डसेपछि आफन्तले स्थानीय धामीहरूलाई बोलाएर झारफुक गरेका थिए। तर, उनको त्यही बेला निधन भएको हो।
महिनावारी भएपछि उनलाई गोठमा सुताइएको थियो।
कानुनले छाउप्रथालाई अपराध माने पनि सुदूरपश्चिम तथा कर्णालीका कतिपय जिल्लाहरूमा अझै यो प्रथा कायम छ।
यसअघि पनि छाउगोठमा धेरै महिलाको मृत्यु भइसकेको छ।