प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

 प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ।

मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण बैठक कार्यसूचीमा अघि बढ्न सकेन। गत साउन २ गते एक क्विन्टलभन्दा बढी सुन त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको प्रकरणमा सांसदले उठाएको प्रश्नको जवाफ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएका थिए।

आज एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। 

त्यसै गरी सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेलगायतका कार्यसूची छन्। 

यता नेकपा एमाले आवको बैठकमा पनि अवरोध गर्ने तयारी गरेकोले कार्यसूची अनुसार बैठक अघि बढ्ने निश्चित छैन। 

मंगलबार सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिए पनि प्रमुख प्रतिपक्षी दल एमालेले नाराबाजी गरेको थियो। सुन प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग अघि सार्दै एमालेले संसद् अवरोध गर्दै आएको छ। 

प्रकाशित मिति: : 2023-08-09 09:02:00

प्रतिकृया दिनुहोस्