प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्दै

प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्दैछ।

मंगलबार बसेको बैठक निष्कर्षविहीन भएपछि बैठक आज (बिहीबार) पुन: बस्न लागेको हो। बैठक साँझ ५ बजे बस्ने छ।

आजको बैठकमा प्रधानन्यायाधीश सिफारिससहित अन्य नियुक्तका विषयमा छलफल हुनेछ।

हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल शनिबार सकिँदैछ।

प्रकाशित मिति: : 2023-08-03 08:06:00

प्रतिकृया दिनुहोस्