कोशीका सभामुख बाबुराम गौतमले दिए राजीनामा

File Photo
File Photo

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन्। नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सभामुख गौतमले राजीनामा दिएका हुन्।

कोशी प्रदेश प्रमुख परशुराम खापुङले साउन १२ गते दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलले मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्न आह्वान गरेकाे समय आज ५ बजे सकिँदै छ।

प्रदेशसभामा अहिले गठबन्धन दलतर्फ नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी) का चार र जसपा नेपालका एक सांसद छन्।

गठबन्धन इतरतर्फ नेकपा (एमाले)का ४० र राप्रपाका ६ जना सांसद एक ठाउँमा देखिएका छन्। कूल ९३ सदस्यमा बहुमत पुर्याउन गठबन्धन दललाई ४७ सांसदको आवश्यकता पर्ने भएकाले सभामुख गौतमले राजीनामा दिएका हुन्।

अब गठबन्धन दलमा समाहित भई ४७ जनाको हस्ताक्षरसहित मुख्यमन्त्री पदका लागि  नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले प्रदेश प्रमुखसमक्ष दावी पेश गर्नेछन्। 

प्रकाशित मिति: : 2023-08-01 16:39:00

प्रतिकृया दिनुहोस्