नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीलगायतका व्यक्तिहरू उच्च अदालत पाटन पुगेका छन्।
आफूहरुलाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश गलत भएको भन्दै उनीहरूले उच्च अदालत पाटनमा रिट हालेका हुन्।
जिल्ला अदालत काठमाडौंको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने उनीहरूले माग गरेका छन्।
तत्कालीन उपप्रधानमन्त्री रायमाझी, तत्कालीन गृहमन्त्री खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, विचौलिया केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरु उच्च अदालत पुगेका छन्।