ओलीले खीर खाँदै भने– राजनीतिमा फोहर हुनुहुन्न

फाइल तस्विर
फाइल तस्विर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै नीतिको मूलनीति राजनीति भएकाले राजनीति फोहर हुन नहुने बताएका छन्।

एमालेको केन्द्रीय संस्कृति विभागले आज सो पार्टीको केन्द्रीय पार्टी कार्यालय च्यासलमा आयोजना गरेको युगदूत पत्रिकाको विमोचन र खीर खाने कार्यक्रममा अध्यक्ष ओलीले राजनीतिका नाममा अपवित्र काम गर्न नहुने र सबै दल फोहर नै छन् भन्ने भाष्य निर्माण गरिनु गलत भएको जनाए।

नेपाली ज्ञानको परम्परा गौरवयुक्त भएकोले वर्तमानमा लेखिरहेका साहित्यकारले सामाजिक यथार्थ र सुन्दर भविष्यको रेखा कोर्ने गरी कलम चलाउनुपर्नेमा उनको जोड थियो।

प्रकाशित मिति: : 2023-07-31 18:14:00

प्रतिकृया दिनुहोस्