विद्यार्थीको मोर्चा घोषणा गर्दै ‘समाजवादी मोर्चा’

संसद्‍मा प्रतिनिधित्व गरिरहेका तीन दल र संसद बाहिरकाे एक दल मिलेर बन्दै गरेकाे समाजवादी मोर्चाले विद्यार्थी मोर्चाको औपचारिक घोषणा गर्दैछ।

च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा आज विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय भएको विद्यार्थी नेताहरूले जनाएका छन्।

नयाँ मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी पार्टीसहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सामेल छन्।

‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक कार्यक्रमका साथ विद्यार्थीको मोर्चा घोषणा हुन लागेको नेताहरूले बताएका छन्।

बिहान साढे १० बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव विप्लव सहभागी हुनेछन्।

प्रकाशित मिति: : 2023-07-30 08:28:00

प्रतिकृया दिनुहोस्