प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी सरकारकाे सेटिङबिना सम्भव नरहेकाे भन्दै उच्च स्तरीय छानबिन समिति बनाउन माग गरेको छ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले याे प्रकरणमा सरकारको संरक्षण रहेको भन्दै जरैसम्म छानबिन गर्न माग गरे।
उनले उच्चस्तरीय छानबिन समिति गठन नहुन्जेल संसद् चल्न नदिने समेत चेतावनी दिए।
'गृहमन्त्री, प्रधानमन्त्री र अर्थमन्त्रीहरूको सेटिङबिना यस्तो सम्भव छैन। यसपटकमा जरासम्म गएर छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्छ। त्यसलाई सभामुखले रुलिङ गर्नुपर्छ। उच्चस्तरीय छानबिन समिति गठन नहुन्जेल संसद् चल्न सक्दैन', गिरीले भने।