सुन तस्करी प्रकरणमा एमालेले गृहमन्त्रीको जवाफ माग्ने

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करी प्रकरणका विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गर्ने भएको छ।

बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा आज  बसेको एमाले संसदीय दलको बैठकले सो प्रकरणका सम्बन्धमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने माग समेत गरेको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेका नेता रघुजी पन्तले भने, ‘भरियाहरुलाई मात्र होइन, त्यो कम्पनीसम्म पुग्नुपर्छ, सुन तस्करीका प्रक्रियामा संलग्नलाई कारबाही गर्नुपर्छ।’ प्रतिनिधिसभाको बैठक आज बस्दैछ। 

प्रकाशित मिति: : 2023-07-26 14:37:00

प्रतिकृया दिनुहोस्