सोविताले चित्त दुखाइन्

काठमाडौँ– २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले निर्वाचन आयोगले सार्वजनिक गरेको ‘निर्वाचन खर्च विवरण नबुझाएर जरिवानामा’ परेका उम्मेदवारहरुको सूचीमा आफ्नो पनि नाम परेको भन्दै चित्त दुखाएकी छन्।

सोविताले आफूले समयमै निर्वाचन खर्च विवरण बुझाएको भए पनि आयोगले जरिवाना तिराउने निर्णय गराएकोप्रति गम्भीर ध्यानकर्षण भएको बताइन्।

‘मैले मिति २०७९/०८/२८ गते दर्ता नं. १९ मा जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा प्रतिनिधिसभा सदस्य ऐन २०७४ को दफा ७२ बमोजिम निर्वाचन खर्च विवरण पेस गरेको छु’, सोविताले विवरण बुझाएको पत्र सार्वजनिक गर्दै भनेकी छन्।

निर्वाचन आयोगले कारबाही गर्न उल्लेख गरेको निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ दफा ३१ (४) बमोजिम आफ्नो नाम पर्नुपर्ने कुनै कानुनी आधार नभएको उनको दाबी छ।

प्रकाशित मिति: : 2023-07-26 07:52:00

प्रतिकृया दिनुहोस्