सिनामंगलमा भेटिएको शंकास्पद वस्तुभित्र नोकिया मोबाइल

सिनामंगलस्थित सुन–चाँदी पसलको सटरमा फेला परेको वस्तु बम नभएको पुष्टि भएको छ।

खोटाङ हलेसी ज्वेलर्सको सटरमा फेला परेको शंकास्पद वस्तुभित्र नोकिया मोबाइलमा तार र टेप बेरिएको पाइएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।

मने विश्वकर्माले सञ्चालन गर्दै आएको उक्त ज्वेलर्सको सटरमा बुधबार बिहान शंकास्पद वस्तु फेला परेको थियो। सो वस्तु बम वा अन्य विस्फोटक पदार्थ हुन सक्ने अनुमानपछि नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको थियो।

त्यस्तै प्रहरीले उक्त वस्तु राखेर त्रसाएको आरोपमा रौतहटका खजाञ्ची पासवानलाई घटनास्थल नजिक रहेको होटेलबाट पक्राउ गरेको छ।

ज्वेलर्स अगाडि शंकास्पद वस्तुका फेला पर्नुअघि बुधबार बिहान सञ्चालक विश्वकर्मासँग पाँच लाख चन्दा मागिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका पासवानलाई गौशाला प्रहरीमा राखिएको छ।

प्रकाशित मिति: : 2023-07-19 12:40:00

प्रतिकृया दिनुहोस्