आजकाे माैसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

फाइल तस्बिर
फाइल तस्बिर

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। 

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको महाशाखाले बताएको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा  तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र मधेस प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम  तथा गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति भने देशभर आंशिकदेखि सामान्य  बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2023-07-18 08:34:00

प्रतिकृया दिनुहोस्