‘विधेयक पेश गर्ने प्रक्रिया नबुझेपछि’ रास्वपा र राप्रपाले गरे सदन अवरोध (भिडियाे)

प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ।

विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले नियमापत्ति गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

कानुनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार नै प्रक्रिया बढाएको जानकारी गराएका थिए। तर रास्वपाका सांसदले विरोध जनाइरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

प्रकाशित मिति: : 2023-07-16 16:38:00

प्रतिकृया दिनुहोस्