विश्वविद्यालयको सुधारका लागि सेवा आयोगलाई सक्रिय बनाउनुपर्छ: महासचिव पोखरेल

file photo
file photo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालय शैक्षिक सुधारका लागि सेवा आयोगलाई सक्रिय र बलियो बनाउनुपर्ने बताएका छन्।

दक्ष जनशक्ति उत्पादनका लागि विश्वविद्यालयका सेवा आयोगको स्थापना गरिएको भन्दै महासचिव पोखरेलले सेवा आयोगलाई कमजोर बनाउन तालाबन्दी संस्कार बढ्दै जाँदा शैक्षिक गुणस्तर कमजोर बन्दै आएको बताएका हुन्। 

नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगमा गरिएको तालाबन्दीप्रति लक्षित गर्दै महासचिव पोख्रेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् उक्त कार्यको विरोध गरेका छन्।

उनले लेखेका छन, ‘विश्वविद्यालयहरुमा दक्ष जनशक्ति आपूर्ति गर्नका लागि सेवा आयोग गठन गरिएको छ। तर, सत्ता समर्थक विद्यार्थी संगठनका नेताहरु सेवा आयोगमा तालाबन्दी गर्ने र सेवा आयोगका पदाधिकारीहरुलाई कालोमोसो दल्ने कामको नेतृत्व गरिरहेका छन्। आफ्नै मातहतको विश्वविद्यालय अस्तव्यस्त बनाउने गरी आफ्नै विद्यार्थीहरुले तालाबन्दी गर्दा पनि सरकार मुकदर्शक भएर बसेको बताउँदै पोखरेलले लेखेका छन्। ‘सरकार रमिते बनेर त्यस प्रकारको उद्दण्ड क्रियाकलापलाई संरक्षण गरिरहेको छ।’

यस्तै उनले सरकारले आयोगका कामलाई अवरुद्ध गर्ने आवान्छित गतिविधि रोक्नुपर्ने बताएका छन्। 

‘विश्वविद्यालयको सुधारका लागि विश्वविद्यालयमा अस्थायी र करारमा नियुक्ति गर्ने र पछि स्वतः स्थायी गर्न दवाव दिने प्रवृत्ती मौलाउन नदिने हो भने, सेवा आयोगलाई सक्रिय बनाउनुपर्ने भन्दै महसचिव पोखरेलले यसका लागि सरकारले नियोजितरुपमा सेवा आयोगका कामलाई अवरुद्ध गर्ने आवान्छित गतिविधि रोक्नुपर्ने छ। विश्वविद्यालयमा तालावन्दी गर्ने, विश्वविद्यालयका पदाधिकारी तथा प्राध्यापकहरुमाथि दुर्व्यवहार गर्ने र कुटपिट गर्ने जोसुकैलाई पनि कडा भन्दा कडा कार्वाही गर्नुपर्दछ’, महासचिव पोखरेलले लेखेका छन्। 

प्रकाशित मिति: : 2023-07-15 17:34:00

प्रतिकृया दिनुहोस्