सल्यानमा गुडिरहेको गाडीमा करेन्ट लाग्दा बाबु–छोराको मृत्यु भएको छ।
मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका-४ का करिब ७० वर्षीय बालाराम डाँगी र उनका करिब ४५ वर्षीय छोरा टोपलाल डाँगीको मृत्यु भएको हो।
घटनास्थलमा रहेका प्रहरीले दिएको जानकारीअनुसार दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा बिहीबार बिहान साढे ११ बजेतिर राप्ती राजमार्गअन्तगत कपुरकोट गाउँपालिका ३ चारेखोला नजिकै करेन्ट लागेको हो।
करेन्ट लागेर गाडीका साहु महेन्द्र वली घाइते भएको प्रहरीले जानकारी दिएको छ। बसमा २५ जना बढी सवार रहेको बुझिएको छ। गाडीमा सवार अन्य यात्रुलाई केही भएको छैन।
सडकको छेउमा रहेको विद्युतको तारले छुँदा गाडीमा करेन्ट प्रवाह भएको हो।
भिडियो स्रोत: पत्रकार सन्तोष घर्ती मगर