कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस नेता उद्धव थापालाई बनाउन निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनकाे बैठकले कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने र कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापालाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेकाे हाे।

मुख्यमन्त्रीमा माओवादीको दाबी रहेपनि ठूलो दलका हिसाबले कांग्रेसका नेता थापालाई बनाउने विषयमा छलफल भएकाे एकीकृत समाजवादीकाउपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।

मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाएर एमाले नेतृत्वको सरकार ढलेपछि कोशीमा काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपासहितको गठबन्धनले नयाँ सरकार बनाउने कसरत गरिरहेका छन्। आइतबार मात्रै प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते अपरान्ह ५ बजेसम्म समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।

प्रकाशित मिति: : 2023-07-03 18:23:00

प्रतिकृया दिनुहोस्