नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम संग्रौला डा. खुसीप्रसाद थारुको इजलासले खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेकाे हाे।
उनलाई १ वर्ष ३ महिना कैद सजाय सुनाइएको छ भने ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो बमोजिम जरिवाना गराउने भनिएको छ।
खड्कामाथि २०७८ पुस २३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो।