मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: उद्वव थापा

नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्वव थापाले मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए।

कोशी प्रदेससभाको बैठकमा उनले विश्वासको मत लिन गणितले नपुग्ने भएकाले मुख्यमन्त्री कार्कीले राजीनामा दिएर भोलि आउने सरकारलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन्।

मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावका विषयमा छलफलका क्रममा बोल्दै दलका नेता थापाले राजीनामा दिनुपर्ने बताएका हुन्।

उनले प्रदेशको ढोका बन्द गरेर भागेको सरकारले अध्यादेशबाट बजेट ल्याउने सरकारलाई विश्वासको मत दिनुपर्ने अवस्था पनि नरहेको बताए।

प्रकाशित मिति: : 2023-06-29 17:46:00

प्रतिकृया दिनुहोस्