एमालेकाे व्यवहार र कार्यशैलीका कारण सहकार्य टुट्याे: इन्द्रबहादुर आङ्बाे

नेकपा माओवादी केन्द्र काेशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेले एमालेले गरेकाे व्यवहार र कार्यशैलीका कारण सहकार्य टुटेको बताएका छन्।

मुख्यमन्त्रीले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि बिहीबार प्रदेशसभामा बोल्दै आङ्बोले यस्तो बताएका हुन्।

मुख्यमन्त्रीले प्रदेशसभा बैठकमा विश्वासको मत मागेपछि आङ्बाेले विश्वासको मत नदिने बताए। फेरि पनि सहकार्य गर्न सकिने बताउँदै अहिलेलाई एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिन नसकिने बताए।

उनले पहिचान पक्षधरकाे माग सम्बाेधनका लागि नाममा पुनरविचार गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2023-06-29 17:21:00

प्रतिकृया दिनुहोस्