समाजवादी मोर्चानिकट चार युवा संगठनको बैठक सकियाे, के भयाे निर्णय ?

समाजवादी मोर्चा नेपाल सम्वद्ध चार युवा संगठनको बैठक सकिएकाे छ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यलय आलोकनगरमा बसेकाे बैठकमा युवा संघ नेपालका कार्यवाहक अध्यक्ष कृष्ण विश्वकर्माले अध्यक्षता गरेका थिए।

बैठकमा वाइसीएल नेपालका वरिष्ठ उपाध्यक्ष कसम गुरुङ, युवा संगठन नेपालका अध्यक्ष पाटन सि, समाजवादी युवा संघका कावा अध्यक्ष सन्जिप यादवलगायतको प्रतिनिधिमुलक बैठक रहेको वाइसीएलका उपाध्यक्ष सुवित ढुंगानाले बताए।

समाजवादी मोर्चाको घोषणालगत्तै असार ७ गते माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा वाइसीएल नेपालका अध्यक्ष शुवोध श्रीपालीको अध्यक्षमा बैठक बसी समाजवादी मोर्चा घोषणाको विज्ञप्तिमार्फत स्वागत गरेका थिए।

आजको बैठकले सरकारले गरेको भ्रष्टाचारविरुद्धको अभियानलाई धन्यवाद, प्रचार मोर्चा र प्रकृति प्रकोप स्वयंमसेवी मोर्चा बनाइ कार्यगत एकता गर्ने निर्णय गरेकाे युवा संघका कोषाध्यक्ष दिपक दुवाडीले बताए।

प्रकाशित मिति: : 2023-06-29 10:59:00

प्रतिकृया दिनुहोस्