जसपा विधान अधिवेशन : आज समूहगत छलफल हुँदै

जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन जारी रहेको छ। अधिवेशनको दोस्रो दिनमा अध्यक्ष उपेन्द्र यादवकाे  प्रस्तुतमा साेमबार १० समुह बताएर छलफल हुँदैछ। 

हिजाे आइतबार बसेकाे बैठकमा अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गरेका थिए। बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यसँगै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतका प्रतिनिधिहरू सहभागी  भएर समूहगत छलफल गर्न लागेका हुन।

विधानले ७० बर्षे उमेरमा हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने जस्ता नयाँ व्यवस्था राखेर विधान प्रस्तुत गरिएको छ।

प्रकाशित मिति: : 2023-06-26 07:27:00

प्रतिकृया दिनुहोस्