आजको मौसम कस्तो छ ?

हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।

आज देशभर केही स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा बताएकाे छ।

नेपालभर मनसुन फैलिन आगमनको दिन देखि यस वर्ष नौ दिनको समय लागेको छ ।मनसुन लागेकाे समयमा बाढी, पहिरो, डुबान, भू-क्षय, बाटो हिलाम्य हुने, तथा गेग्रान बहावजस्ता प्रभावहरूले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। 

प्रकाशित मिति: : 2023-06-24 06:14:00

प्रतिकृया दिनुहोस्