बैंकिङ जगतका ‘सेलिब्रेटी’ रास्वपा प्रवेश

पूर्वबैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।

उनी रास्वपा मुख्यालय बालाजुमा बिहीबार आयाेजित एक कार्यक्रममार्फत पार्टी प्रवेश गरेका हुन्। उनलाई पार्टी अध्यक्ष रवि लामिछानेले स्वागत गरे।

शाहलाई रास्वपा प्रशिक्षण विभाग प्रमुखकाे जिम्मेवारी दिइएकाे छ।

विभिन्न बैंकमा सिइओका रुपमा लामाे समय कार्यरत शाह बैंकिङ जगतका सेलिब्रेटी मानिन्छन्।

प्रकाशित मिति: : 2023-06-22 11:37:00

प्रतिकृया दिनुहोस्