पूर्वमा बाढीले सडक र पुल बगाउँदा ५० करोड बढीको क्षति

हेवाखोलामा १० दिनमा बेलीब्रिज जोडिने

नेपालको पूर्वी क्षेत्रका विभिन्न जिल्लामा आएको बढीले ५० करोड बढीको क्षति भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रतिनिधिसभाकाे आजकाे बैठकमा क्षतिबारे जानकारी गराउँदै विभिन्न ठाउँमा आएको बाढीले पुल र सडकका संरचना बगाउँदा ५० करोडको क्षति भएको अनुमान गरिएको जानकारी दिए।

मन्त्री ज्वालाले मेची राजमार्गअन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोला पुल बाढीले बगाएकोमा त्यहाँ बेलीब्रिज जोड्नका लागि तयारी गरिरहेको बताए। उनले १० दिनभित्र बेलीब्रिज निर्माण गर्ने र राजमार्ग सुचारु गरिने जानकारी दिए।

यस्तै तमोर करिडोरको तमोर ४ र हिलियाङ ७ जोड्ने हवाखोलाको बेलीब्रिज बगेको र त्यहाँ पनि बेलीब्रिज निर्माण गर्नका लागि तयारी भइरहेको मन्त्री ज्वालाले जानकारी दिए।

गए रातिको वर्षाले ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभामा बाढीले ठूलो क्षति गरेको छ। बाढीले सङ्खुवासभाको हेवाखोलामा आएको बाढीमा १५ जना बेपत्ता भएका छन्। दुई जनाकाे गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ।

प्रकाशित मिति: : 2023-06-18 12:56:00

प्रतिकृया दिनुहोस्