अर्केष्टाले नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्गीतको प्रवर्द्धनका लागि नेपाल सरकारको तर्फबाट विशेष सहयोग हुने बताएका छन्।

उनले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा नै गीत सङ्गीतको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको उल्लेख गर्दै यस पटक पनि ज्यापू महागुठीले उठाएको माग सम्बोधन गर्ने विश्वास दिलाए।

अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसर पारेर ज्यापू महागुठी र काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नेपाल अकेष्ट्रा– ११४३ को उद्घाटन गर्दै प्रधानमन्त्रीले हरेक जसो कार्यक्रममा भाषणले नै प्रमुखता पाउने भएकाले कार्यक्रमको महत्त्व नै घट्ने गरेकातर्फ सबैको ध्यानाकर्षण गराए।

प्रधानमन्त्रीले अर्केष्ट्राले संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान गर्नेमा आफूले विश्वास लिएको तथा संस्कृति संरक्षणका लागि ज्यापू गुठीलगायत यस क्षेत्रमा लागेका सबैलाई सरकारले सहयोग गर्ने बताए।

आर्केष्ट्रामा चार सय कलाकारले एकैपटक विभिन्न बाजा बजाएका छन्। बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले संस्कृति, कलाको संरक्षण गरेर मात्रै मुलुकभित्र पर्यटक भित्र्याउन र त्यसलाई आर्थिक विकासमा केन्द्रित गर्न सकिने बताए।

आगामी आवको बजेटमा काठमाडौँ उपत्यकाको कला संस्कृतिको संरक्षणका लागि बजेट व्यवसथापन गरिने उनको भनाइ छ। बागमती प्रदेशभित्र नेवाः र तामाङ भाषालाई कामकाजी भाषाका रूपमा प्रयोग गर्ने वातावरण तय भएको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2023-06-10 20:13:00

प्रतिकृया दिनुहोस्