कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा, समर्थन पनि फिर्ता

File Photo
File Photo

जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ।

जसपाले बुधबार कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाएको हाे।

मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेमजोङले बताए।

उनले सरकारले निकास नदिएकाे र समस्यामात्र बल्झाउने काम गरेकाे भन्दै सरकारमा बसिरहन आवश्यक नरहेकाेले बाहिरिएकाे बताए।

मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा लिम्बु गत पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन्।

प्रकाशित मिति: : 2023-05-31 13:17:00

प्रतिकृया दिनुहोस्