रेशम चौधरी रिहा भएपछि रञ्जिताले भनिन्- अहिले धेरै बोल्नु छैन, निकै खुसी छु

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले रेशम चौधरी रिहाइ हुँदा आफू निकै खुसी भएकाे बताएकी छन्।

गणतन्त्र दिवसकाे अवसरमा आज रिहाइ भएपछि रेशमकी श्रीमती रञ्जिताले मन्त्री क्वाटरमा पत्रकारहरूसँग प्रतिक्रिया दिँदै यस्ताे बताएकी हुन्।

उनले रेशमकाे रिहाइबारे अहिले धेरै नबोल्नेसमेत बताएकी छन्। 'अहिले धेरै बोल्नु छैन, निकै खुसी छु', उनले भनिन्।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी डिल्लीबजार कारागारबाट केही समयअघि रिहा भएका हुन्।

टीकापुर घटनामा जन्मकैद पाएका रेशम राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि रिहा भएका हुन्। यसअघि आइतबार बिहानै सरकारले रेशमको १४ वर्ष ९ महिना कैद सजाय माफी गर्ने सिफारिस गरेको थियो। 

प्रकाशित मिति: : 2023-05-29 10:31:00

प्रतिकृया दिनुहोस्