नेपाल सरकारसँगको सहकार्यमा १६औँ सगरमाथा दिवस मनाइएको छ।
पर्यटन सम्बद्ध विभिन्न संघ–संस्थाहरूले बिहान ७ बजे ठमेलको सञ्चयकोष भवनदेखि र्याली निकालिएको थियो। र्याली बिहान ६ः३० बजे ठमेल कर्मचारी सञ्चयकोष भवन अगाडिबाट सुरु भई नेपाल पर्यटन बोर्डको हलमा औपचारिक कार्यक्रम गरेर टुङ्गिने नेपाल पर्वतारोहण संघका कार्यकारी सदस्य राजेन्द्र लामाले बताएका छन्।
तेन्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीले सन् १९५३ मा सगरमाथाको चुचुरोमा चढेको ७० औँ वर्षको उपलक्ष्यमा आज कार्यक्रममा एक सयभन्दा बढी आरोहीलाई विशेष ब्याचद्वारा सम्मान गरिने, विभिन्न पुरस्कार वितरण र नेपाल पर्वतको सगरमाथा विशेष अंक पनि सार्वजनिक गरिने छ।
उत्सव कार्यक्रम नेपाल पर्यटन बोर्ड भृकुटी मण्डपमा बिहान ७ः३० बजे सुरु हुनेछ।