नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दाकाे आज पनि सुनवाइ हुन सकेन।
पटक-पटक स्थगित भएकाे सन्दीपकाे याे मुद्दा आइतबार न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा पेसी तोकिएको थियाे। दुवैतर्फ बहस सकिए पनि न्यायाधीश पराजुली जाहेरीकर्ता गौशला २६ को जन्मदर्ताको सक्कली फाइल मगाउन आदेश दिएपछि आजकाे सुनुवाइ राेकिएकाे हाे ।
न्यायाधीश पराजुलीले जाहेरीकर्ताले पठाएकाे जन्म दर्ता स्पष्ट नभएकाे भन्दै सक्कली जन्मदर्ता पेश गर्न आदेश दिएका छन्।
सर्वोच्च अदालतले यो मुद्दाको अन्तिम टुंगो फास्ट ट्रयाकमा टुंग्याउन निर्देशनात्मक आदेश दिएको थियो। तर, पटक-पटक मुद्दाको सुनवाइ स्थगित भएपछि जिल्ला अदालत काठमाडौंले टुंगो लगाउन सकेको छैन।
सन्दीप गत वर्ष १७ वर्षीय नाबालिकलाई बलात्कार गरेको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि ३ महिना थुनामा रहेका उनलाई गत पुस उच्च अदलात पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियाे।
सन्दीप अहिले राष्ट्रिय टाेलीबाट क्रिकेट खेलिरहेका छन्।