नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई आइतबार अदालतले थप ३ दिन हिरासतमा राख्र अनुमति दिएकाे हाे।
नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँ ठगी भएको फेला परेपछि प्रहरीले त्यस घटनामा जोडिएका पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
उनीहरूमाथि प्रहरीले सङ्गठित अपराध र ठगीमा अनुसन्धान गरिरहेको छ। अब प्रहरीलाई उनीहरूमाथि अनुसन्धान गर्न सात दिनको मात्रै समय छ।