सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले अमेरिका भ्रमणमा जान डकुमेन्ट माग्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र उपसचिवले घुस मागेकाे आरोप लगाएका छन्।
मेयर शेर्पाले अमेरिकामा आगामी मे २१ मा आयोजना हुने ‘नेपाल डे परेड’मा सहभागी हुन जान डकुमेन्ट माग गर्दा मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र उपसचिव प्रह्लाद कार्कीले आफूसँग अनुचित लाभको अपेक्षसहित बार्गेनिङ गरेकाे आरोप लगाएका हुन्।
नगरपालिकाको तर्फबाट समेत सम्पूर्ण प्रक्रिया पूरा भएपछि वैशाख ३१ गते संघीय मामिला मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले आफ्नाे वैदेशिक भ्रमण स्वीकृत गरी सोलुदुधकुण्ड नगरपालिकालाई त्यसको जानकारी पठाएकाे तर भ्रमणसँग सम्बन्धित आवश्यक डकुमेन्ट माग्दा सचिव र उपसचिवले आफूलाई असहयोग गरेको उनले बताएका छन्।
'नगरपालिकाको तर्फबाट समेत सम्पूर्ण प्रक्रिया पूरा भएपछि वैशाख ३१ गते संघीय मामिला मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले मेरो वैदेशिक भ्रमण स्वीकृत गरी सोलुदुधकुण्ड नगरपालिकालाई त्यसको जनकारी पठायो', उनले भने, 'तर, मेरो भ्रमणसँग सम्बन्धित आवश्यक डकुमेन्ट उपलब्धताको विषयमा मन्त्रालयको सम्बन्धित शाखामा सम्पर्क राख्दा अनुचित लाभको अपेक्षसहित बार्गेनिङ गरी उपसचिव प्रह्लाद कार्की र सचिव कृष्णहरि पुष्करले असहयोग गरेको कारण मेरो भ्रमण तयारी समयमा पूरा हुन सकेन।'
मेयर शेर्पाकाे भनाइ:
संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा यहि आउदो May 21, 2023 मा आयोजना हुन गइरहेको नेपाल डे परेडमा सोलुदुधकुण्ड नगरपालिकाको प्रमुखको हैसियतले मलाइ बिशिष्ट अतिथिको रूपमा सहभागी हुन आमन्त्रण गरेको थियो। मेरो भ्रमणको आधिकारिक्तको बिषयमा नेपाली राजदुतवास वासिंगटन डि सीले समेत भ्रमाणको आधिकारिक्त पुष्टि गरी संघियमामिला मन्त्रालयलाई पत्र पठायो।
नगरपालिकाको तर्फबाट समेत सम्पुर्ण प्रकृया पुरा भएपछि बैशाख ३१ गते संघिय मामिला मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले मेरो बैदेशिक भ्रमण स्वीकृत गरी सोलुदुधकुण्ड नगरपालिकालाई त्यसको जनकारी पठायो। तर मेरो भ्रमणसंग सम्बन्धित आवश्यक डकुमेन्ट उपलब्धताको बिषयमा मन्त्रालयको सम्बन्धित शाखामा सम्पर्क राख्दा अनुचित लाभको अपेक्ष सहित बार्गेनिगं गरि उपसचिब प्रल्हाद कार्की र सचिब कृष्णहरि पुस्करले असहयोग गरेको कारण मेरो भ्रमण तयारी समयमा पुरा हुन सकेन।
अब तयारीको लागि समय समेत अपर्यप्ता भएकोले संयुक्त राज्य अमेरिकामा आयोजना हुने नेपाल डे परेडमा सहभागी हुने मेरो संभावना कम रहेको जनकारी नेपाल डे परेड आयोजक कमिटी संयुक्त राज्य अमेरिका, न्युयोर्कलाई दिन चाहन्छु। र यो बिशेष आमन्त्रणको लागि आयोजक प्रति हार्दिक आभर प्रकाट गर्दै कार्यक्रम सफलताको शुभकामना दिन चाहन्छु।
मन्त्रलयको कमजोरीको बिषयमा माननीय मन्त्री ज्युले मन्त्रालयमा आज बिशेष छलफल राख्नु भएको छ। आज हुने छलफलले आगामी दिनमा जनप्रतिनिधिहरूको बैदेशिक भ्रमणको क्रममा मन्त्रालयको केहि कर्मचारीले अनावश्यक दुख दिने काम बन्द हुने र मन्त्रालयको तर्फबाट गर्नु पर्ने सहजीकरणको लागि सहज हुने आशा लिएको छु, धन्यबाद।
शेर्पाकाे भ्रमण स्वीकृत पत्र: