ठूला नेता निलम्बन पर्नुमा हाम्रो भूमिका छ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुला नेताहरु पक्राउ पर्नुमा आफूहरुको भूमिका रहेको बताएका छन्।

शनिबार भ्रष्टाचार विरोधी प्रदर्शनमा सहभागी हुन नक्सालस्थित नारायणचौर पुगेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिकेर अरु दलहरुले पनि आफ्ना नेताहरलाई निलम्बन गरेकाे बताए।

‘केही दलले नाम आएका आफ्ना पदाधिकारीलाई र नेतालाई निष्कासन गर्‍यो भन्ने सुन्यौं नि त। हिजोको परिवेश यस्तो थियो त ?’ लामिछानेले प्रश्न गरे, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिमा उदयले घण्टी त बज्यो नि।’

अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नुमा र नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गर्नुमा आफूहरुको भूमिका रहेको बताए।

प्रकाशित मिति: : 2023-05-13 14:20:00

प्रतिकृया दिनुहोस्