प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ।

सोमबार बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको परिषद बैठकमा सहभागी उपसभामुख इन्दिरा रानाले जनाइन्।

कार्की हाल कायमुकायम प्रधानन्यायाधीश छन्। संवैधानिक परिषद्ले सिफारिस गरेपछि राष्ट्रपतिले प्रधानन्यायधीशमा नियुक्त गर्नेछन्। चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग दर्ता भएपछि उनी पदमुक्त भएका थिए। 

जबरा पदमुक्त भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए। उनी उमेर हदका कारण अवकाश भएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश भएका थिए।



सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी 

प्रकाशित मिति: : 2023-05-08 19:43:00

प्रतिकृया दिनुहोस्