दाङकाे एक जापानीज भाषा सिकाउने कन्सलटेन्सीकाे विज्ञापन बाेर्ड फेर्ने क्रममा करेन्ट लागेर एक शिक्षककाे मृत्यु भएकाे छ भने दुई विद्यार्थी घाइते भएका छन्।
तुलसीपुर उपमहानगरपालिका ५ स्थित जापानीज भाषा पढाउने क्यु डाई कन्सलटेन्सी प्रालिकाे विज्ञापन बाेर्ड फेर्ने क्रममा साेही कन्सलटेन्सीमा पढाउने शिक्षका र साेही कन्सलटेन्सीमा पढ्ने दुई विद्यार्थी घाइते भएका हुन्।
मृत्यु हुने शिक्षकमा रूकुम पूर्वकाे पुथा उत्तरगंगा गाउँपालृका घर भएका २८ वर्षीय महेश विक रहेका छन्। उनले बाेर्ड फेर्दै गर्दा बाेर्डकाे फलामले विद्युतकाे तारमा छुदा विक गम्भीर घाइते भएका थिए।
घाइते शिक्षक विककाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपमारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी राजन कुमार गाैतमले जानकारी दिए।
बाेर्ड फेर्ने क्रममा रूकुम पूर्व भुमे गाउँपालिका ४ की १८ वर्षीय मनिता विक र पुथा उत्तरगंगा घर भएका वर्ष १६ काे अर्जुन कर्तेल घाइते भएका छन्। उनीहरूकाे राप्ती प्रादेशिक अस्पालमा उपचार भइरहेकाे सूचना अधिकारी गाैमरतमले बताए।