राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २४ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९१ को उपधारा (१) बमोजिम वैशाख २४ गते आइतबार दिउँसो ४ बजे संसद् अधिवेशन आह्वान गरेका हुन्।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो।
प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति, समय र स्थानमा उक्त दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ।
वर्षे अधिवेशनका रुपमा रहेको यस अधिवेशनको प्रारम्भमै पूर्वबजेट छलफल हुनेछ। यस अधिवेशमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक आयव्ययको विवरण (बजेट) प्रस्तुत हुनेछ।