प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाले आफ्नो केही व्यक्तिले आधारहीन आरोप लगाउँदै आफ्नो चरित्रहत्या गरेको बताएकी छिन्। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनले पछिल्लो केही दिनतया व्यक्तिगत र राजनीतिक चरित्रहत्या गरिएको बताएकी हुन्।
नियोजीत रुपमा आफूमाथि आक्रमण गरेको आरजुको भनाइ छ। ‘नियोजीत रुपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले संचार माध्याममा अन्तर्वार्ता दिदैँ मविरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक छ,’ उनले भनेकी छिन्,‘तथ्यमा रहेर विचारहरू दिन सकिन्छ तर नियोजीत रुपमा म विरुद्ध व्यक्तित मानर्मदन गर्ने अधिकार कसैलाई छैन।’
आरजुमाथि नयाँ पम्फादेवी भनेर आरोप लाग्ने गरेको छ। उनलाई नयाँ पम्फादेवी भनेर केही सञ्चारमाध्यममा समाचार प्रकाशन र अन्तर्वार्ता समेत प्रकाशित भएपछि उनले आफ्नो ध्यानाकर्षण भएको बताएकी हुन।
पञ्च्यातको समयमा पम्फादेवीले स्विस बैंकमा अर्बैँ रकम राख्ने गरेको चर्चा हुने गर्थो।