प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीमा दुःख र पापबाट मुक्तिका लागि व्रत गरी मनाइने पर्व यस वर्ष आज मनाइँदैछ।
मोहिनी एकादशीका नामले चिनिने यो दिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने प्रशङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ।
यो एकादशीको माहात्म्य पछिल्लो समय भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताउँदै ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।
वैशाख शुक्ल एकादशीका दिनमा पर्ने मोहिनी एकादशी व्रतका विषयमा त्रेता युगमा रामचन्द्रले पनि गुरु वशिष्ठसँग प्रश्न गरेका थिए। सीता वियोगका बेला दुःख र कष्ट नाशका लागि भगवान् रामचन्द्रले गुरु वशिष्ठसँग यो जिज्ञासा राखेपछि यसको महत्वका बारेमा उनले प्रष्ट पार्दै कथा रामायणलगायत ग्रन्थमा पनि उल्लेख गरिएको छ।
गुरु वशिष्ठले सरस्वती नदी किनारको भद्रावती नामक नगरका राजाका कान्छा छोराको कथासमेत सुनाएर यो एकादशी व्रतका बारेमा प्रष्ट पारेका शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। आजका दिन व्रत गरेमा दुःख, कष्टलगायत मोहजालबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको छ।