महावीर पुनको मागबारे छलफलको लागि आजै वार्ता टोली गठन हुने

विभिन्न चार बुँदे मागसहित धर्नामा रहेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग छलफलको लागि आजै वार्ता टोली गठन गर्ने भएको छ।

आफ्नो मागबारे प्रधानमन्त्रीको निर्देशनमा आज दिउँसो २ बजे उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का र सचिवसँग वार्ता भएको र आज साँझ ६ बजेसम्म वार्ता टोली गठन गर्ने निर्णय भएको अध्यक्ष पुनले जानकारी दिएका छन्।

पुन तीन दिनदेखि माइतीघर मण्डलामा धर्नारत छन्।

महावीर पुनको तीन दिनदेखि चिसो सडकमा बास, देखेन राज्यले

प्रकाशित मिति: : 2023-04-30 14:40:00

प्रतिकृया दिनुहोस्