विश्वकप फुटबल

कुन–कुन राष्ट्रले घरेलु मैदानमा उचालेका छन् विश्वकपकाे उपाधि ?

BreaknLinks
BreaknLinks

कतारमा २० नाेभेम्बरदेखि सुरु हुने २२औँ विश्वकप फुटबलकाे सम्पूर्ण तयारी पूरा भएकाे छ। प्रतियाेगिता सुरु हुन केही दिन मात्रै बाँकी रहँदा विश्वकमकाे माहाेल तात्दै गइरहेकाे छ। दक्षिण एसियामा दोस्रो पटक विश्वकपको आयोजना हुन लागेको छ। यसअघि सन् २००२ मा दक्षिण कोरियाले विश्वकपको आयोजना गरेको थियो।

जुन देशमा विश्वकपकाे आयाेजना हुन्छ, त्याे देशलाई स्वाभाविक रूपमै फाइदा त अवश्य हुन्छ। आफ्नै माटाेकाे ऊर्जा, आफ्नाे देशकाे विशाल समर्थनले कुनै पनि टिमलाई अनुकुल वातावरण बन्छ। यसरी नै विश्वाकप फुटबलकाे इतिहासमा ६ राष्ट्रले यसकाे फाइदा उठाएका छन् अर्थात् आफ्नाे देशमा आयाेजित प्रतियाेगिताकाे बिजेता आफैं बनेका छन्।

सन् १९३० मा पहिलो पटक आयोजक भएको विश्वकप फुटबलको विजेता आयोजक राष्ट्र उरुग्गे भएको थियो। विश्वकपको अन्तिम खेलमा उरुग्गेले अर्जेन्टिनालाई ४-२ गोलले जितेको थियो। विश्वकप फुटबल पहिलो पटक सन् १९३० जुलाई ३० मा भएको थियो।

उरुग्गेले आयोजना गरेको तीन वर्षपछि सन् १९३४ मा आयोजक राष्ट्र इटालीले हगेंरीलाई ४-२ को गोलले हराउँदा विश्वकप ट्रफी आफ्नै मैदानमा राखेको थियो। सन् १९९६ मा इंग्लाण्डले तेस्रो पटकको विश्वकप आयोजना गरेको थियो। घरेलु मैदानमा भएको विश्वकपको अन्तिम खेलमा इंग्लाण्डले दक्षिण जर्मनीलाई हराएको थियो। त्यसपछि हालसम्म इंग्लाण्डले एउटा विश्वकप जितेको छैन्।

सन् १९७४ मा चौंथो पटक आयोजित विश्वकपमा विजेता घरेलु टिम दक्षिण जर्मनी भएको थियो। विश्वकपको अन्तिम खेलमा दक्षिण जर्मनीले नेदरल्यान्डलाई २-१ को फराकिलो जित हासिल गरेको थियो। नेदरल्यान्ड सन् २०१० को विश्वकपमा पनि उपविजेतमा सिमित रह्याे।

सन् १९७८ मा अर्जेन्टिनाले विश्वकपको आयोजना गरेको थियो, घरेलु मैदानमा अर्जेन्टिनाले नेदरल्यान्डलाई ३-१ को गोलले जित हासिल गरेको थियो। अर्जेन्टिना सन् २०१४ को विश्वकपमा उप-विजतासम्म बन सफल रह्याे।

सन् १९९८ आयोजित छैठौँ विश्वकप घरेलु टिम फ्रान्सको थियो। विश्वकपको अन्तिम खेलमा फ्रान्सले ब्राजिलसँग ३-० काे फारिकिलो जित निकाल्यो। फ्रान्स विश्वकप फुटबलको साविक विजेता हो।

प्रकाशित मिति: : 2022-11-04 08:26:00

प्रतिकृया दिनुहोस्