उपचारपछि कांग्रेस नेता डा भण्डारी  स्वदेश फर्किदै

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी आज उपचारपछि स्वदेश फर्किने भएका छन्।

गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास चुहावट हुँदा आगालागीमा परी घाइते भएका नेता भण्डारी भारतको मुम्बईमा साढे दुई महिना उपचारपछि आज स्वदेश फर्कन लागेका हुन्।

गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं १ बाट निर्वाचित डा भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत थिए।

नेता न्यौपानेका अनुसार डा भण्डारीको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आएको छ। पछिल्लो समयमा उहाँ बोल्ने र हिँड्नेसमेत गरेका छन्। सो आगलागीमा परी सांसद भण्डारीकी आमा हरिकला समेत गम्भीर घाइते भएका थिए। हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो।

प्रकाशित मिति: : 2023-04-30 09:42:00

प्रतिकृया दिनुहोस्