गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डेको दाबी पेश

File Photo
File Photo

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम पाण्डेले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

प्रदेश प्रमुख गुरुङले १२ गते ३ दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेका थिए।

प्रदेश प्रमुखले तोकेको समय सीमाबमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेससहित गठबन्धन दलका सदस्यले सरकारको दाबी प्रस्तुत गरेका हुन्। 

प्रकाशित मिति: : 2023-04-27 15:41:00

प्रतिकृया दिनुहोस्