मनमोहन अधिकारीका काम र विचारलाई निरन्तरता दिन जरुरी छ: ईश्वर पोखरेल

File Photo
File Photo

नेकपा (एमाले)का पूर्वअध्यक्ष तथा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २४औँ स्मृति दिवस  मनाइएको छ।

मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरको सानेपामा गरेको स्मृति दिवसमा अधिकारीप्रति एमालेका शीर्ष नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन्। सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको सालिकमा माल्यार्पण गरे।

सभामा एमालेका वरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले अधिकारीका काम र विचारलाई निरन्तरता दिन जरुरी रहेको बताए।

उनले राजनीतिक स्थायित्व,  विकास र समृद्धिका लागि राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र देश बनाउने सपनाको जागरणका पक्षमा उभिनु नै अधिकारीप्रति सच्चा सम्मान हुने विचार व्यक्त गरे।

'अधिकारीका विचार, काम, आदर्श सधैँ जीवित छन्। ती कुराबाट अभिप्रेरित हुँदै सधैँ हामी अगाडि बढिरहनुपर्दछ', उनले भने। उनले अधिकारीका नाममा स्थापना गरिएका प्रतिष्ठान र संस्थालाई व्यवस्थितसमेत बनाउने बताए। अधिकारी नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए।

अधिकारी २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा हृदयघात भएर उपचारका क्रममा निधन भएको थियो। विसं २०४७ मा नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीचको एकताबाट बनेको नेकपा (एमाले) को उनी अध्यक्ष बनेका थिए। मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दलको हैसियतले एमालेका तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए।

प्रकाशित मिति: : 2023-04-26 13:23:00

प्रतिकृया दिनुहोस्