चितवनमा खस्यो ३७ प्रतिशत मत

चितवनमा ३७ प्रतिशत मत खसेको छ। दिउँसो १२ बजेसम्म ३७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिइन्।

बिहान ७ बजेबाट मतदान जारी छ। यस क्षेत्रमा ४३ मतदान स्थलका एक सय ३८ मतदान केन्द्र रहेका छन्। जसमध्ये भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको छ। बाँकी मतदान केन्द्रमा मतदान जारी रहेको छ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन्। त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रो लिङ्गी रहेका छन्।

यहाँ लोकतान्त्रिक–बाम गठबन्धनबाट नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा छन्।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले सांसद पदच्युत गरेपछि उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित मिति: : 2023-04-23 13:29:00

प्रतिकृया दिनुहोस्