कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा विष्ट

File Photo
File Photo

नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हिक्मत विष्टलाई चयन गरिएको छ।

नेपाली कांग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले सदस्य विष्टलाई दलको प्रमुख सचेतक चयन गरेको हो।

प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवं दलका नेता जीवनबहादुर शाहीले दलको बैठकले सबैको सहमतिमा विष्टलाई उक्त पदमा चयन गरेको जानकारी दिए। विष्ट कालीकोट प्रदेश–२ बाट निर्वाचित प्रदेशसभा सदस्य छन्।
 

प्रकाशित मिति: : 2023-04-21 14:03:00

प्रतिकृया दिनुहोस्