मन्त्रिपरिषद्‌लाई पूर्णता दिनेबारे तीन दलका शीर्ष नेताबीच छलफल 

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएकाे छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवा, नेकपा एसका अध्यक्ष नेपालसहितका नेताहरूसँग छलफल गरेका हुन्। उनीहरूबीच मन्त्रिपरिषद्‌लाई पूर्णता दिनेबारे छलफल भएकाे बताइएकाे छ।

छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, समाजवादीबाट महासचिव घनश्याम भुसाल र किसान श्रेष्ठ सहभागी थिए।

६ मन्त्रालय अझै रिक्त छन्। ती मन्त्रालयकाे कार्यभार प्रधानमन्त्री आफैँले सम्हालिरहेका छन्।

प्रकाशित मिति: : 2023-04-15 12:32:00

प्रतिकृया दिनुहोस्