उदयपुरको रुपटारमा आगलागी हुँदा २८ लाखको क्षति 

Symbolic photo
Symbolic photo

उदयपुरको ताप्ली गाउँपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ।

बुधबार राति ताप्लि गाउँपालिका- ५ रुपाटारस्थित शाहीडाँडामा आगलागी हुँदा शुभशेर राई र कमलशेर राईको घर जलेर नष्ट भएको हो। आगलागीबाट २८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।    

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाका अनुसार आगालागीबाट शुभशेरको घर,गाईगोठमा रहेका दुईवटा गोरु, तीनवटा गाई, नौंवटा बाख्रापाठा,अन्नपात, लत्ताकपडा, भाडावर्तन गरी १५ लाखको क्षति भएको छ।  

त्यसैगरी आगलागीबाट कमलसेरको घर,दुईवटा गोरु,दुईवटा गाई,छवटा बाख्रापाठा,सुँगुर ५ वटा र अन्नपात,लत्ताकपडा,भाडावर्तन गरी १३ लाखको क्षति पुगेको उनले बताए। झण्डै दुई घण्टापछि स्थानीय र प्रहरीको प्रयासबाट आगो  नियन्त्रणमा आएको थियो। आगलागीबारे एकीन भएको छैन।
 

प्रकाशित मिति: : 2023-04-13 13:39:00

प्रतिकृया दिनुहोस्